नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी “जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ” भन्ने विशेष रणनीति लागू गरेको छ। निर्वाचन परिचालन समितिका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा बनाइएको निर्देशिकामा, अब कांग्रेसका नेताहरूलाई आफ्नो निर्वाचन क्षेत्र बाहेक जान नपाउने व्यवस्था गरिएको छ।

