राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। कार्यक्रममा सहभागी भएकै बेला उनलाई नियन्त्रणमा लिइएको हो। निर्वाचन आयोगविरुद्ध अभिव्यक्ति दिएको आरोपमा काठमाडौँबाट पक्राउ अनुमति आएको कास्की प्रहरीले जनाएको छ। पक्राउ परेका प्रसाईंलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

