अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी–व्यवसायीका समस्या तत्काल समाधान गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने बताएका छन्। उद्योगीसँगको छलफलमा उनले लगानीमैत्री वातावरण, निजी क्षेत्रको सुरक्षा, कानुनी सुधार तथा उद्योग सञ्चालनका अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको बताए। समस्या थन्क्याउने होइन, समाधानमुखी कार्यसंस्कृति विकास गर्ने उनको भनाइ छ।


