अध्ययन तथा असाधारण बिदा लिएर तोकिएको समयपछि पनि कार्यालयमा नफर्किने कर्मचारीमाथि सरकारले कडा कारबाही गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीको विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी अद्यावधिक गरिने र कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।


