सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। बैठकले विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा कर छुट दिने निर्णय पनि गरेको छ।

