अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी आवश्यक तयारी गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथि छलफल गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तय गर्ने सहमति जुटेको हो। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बजेटझैँ मौद्रिक नीतिको मिति पनि निश्चित गरिने जानकारी दिए।

