कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। उनको पक्षमा ५७ र विपक्षमा २२ मत परेको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले पक्षमा मतदान गर्दा नेपाली कांग्रेसले विपक्षमा मतदान गरेको थियो। राप्रपा तटस्थ बसेको थियो भने जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बु अनुपस्थित थिइन्।

