उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को प्रदर्शन अस्थायी रूपमा रोक्न आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुंगानाको इजलासले वैशाख २२ सम्म प्रदर्शन नगर्न निर्देशन दिएको हो। बादी समुदायको आपत्तिपछि दायर रिटमा सुनुवाइ गर्दै यस्तो आदेश आएको हो। सोही दिन दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। फिल्म वैशाख १८ मा रिलिज हुने तय थियो।


