प्रधानमन्त्री सुशीला कार्कीले जिम्मेवारीबाट अलग हुने तयारी गर्दै अनौपचारिक रूपमा विदा लिएकी छन्। शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण र शपथ लिने तयारी छ। कार्की प्रधानमन्त्री कार्यालय जान छाडिसकेकी छन् भने बालुवाटारबाट सामान निजी निवास टोखा सारिएको छ। नयाँ सरकार गठनसँगै उनी त्यहाँ सर्ने तयारीमा छिन्।


