जेनजी प्रदर्शनका क्रममा नौ लाख मिसिल नष्ट भएपछि सर्वोच्च अदालत पुस मसान्तसम्म हदम्याद नजाने निर्णयको तयारीमा छ। पाँच अधिकृतको निवेदनमा १९ न्यायाधीशको बृहत् पूर्ण इजलासले सुनुवाइ गरिरहेको छ। नष्ट मिसिल पक्षबाट संकलन गरी प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

