नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेका छन्। महाधिवेशनका लागि आवास, खाद्य, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायत उपसमिति गठन गरिने भएका छन्। मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेश गर्नेछन् भने विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र गुरुराज घिमिरेले क्रमशः राजनीतिक संस्कृति, प्रदेश निर्वाचन र संगठनसम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन्। विधान संशोधन समिति पनि गठन गरिने भएको छ।


