काभ्रेको बुच्चाकोटमा बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सात जनाको शव निकालिएको छ। दुर्घटनामा घाइते भएका केही यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

