सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीसँग सम्बन्धित विवादमा सरकारको धारणा स्पष्ट पारेका छन्। उनका अनुसार अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको जवाफ संघीय संसद र संसदीय समितिमा दिइसकेका छन्। हालका लागि थप प्रक्रिया आवश्यक नरहेको भन्दै आवश्यक परे विगतझैँ प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित कदम चाल्ने बताएका छन्।


