शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई बैंकिङ कसुर मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिल्लीबजारबाट पक्राउ गरेको छ। फरार प्रतिवादीका रूपमा रहेका अग्रवाललाई थुनछेक प्रयोजनका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। यही मुद्दामा उनका छोरा शुलभ अग्रवाल र दीपक भट्ट पनि प्रतिवादी रहेका छन्।

