बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। केन्द्रको निर्देशनअनुसार एमाले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चितवनमा भएकाले राजीनामापत्र कार्यालयमै दर्ता गरिएको थियो। एमाले बाहिरिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सत्ता समीकरणको प्रक्रिया सुरु हुने देखिएको छ।


