नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सर्ने हल्लाप्रति आपत्ति जनाउँदै चुनाव तोकिएकै मितिमा हुनुपर्ने बताएको छ। प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले कुनै पनि बहानामा निर्वाचन सार्न नहुने स्पष्ट पार्दै हल्लाको उद्देश्यबारे गम्भीर चासो व्यक्त गरेका छन्।

