सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाइएका दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बयान तथा थुनछेक बहसपछि यस्तो आदेश दिएको हो। यसअघि पनि उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा थुनामै थिए। सोही मुद्दामा मुछिएका पूर्वअर्थमन्त्री विष्णु पौडेल भने साधारण तारिखमा छुटेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

