सरकारले एनसेल आजियाटाको सेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन मन्त्रिपरिषद्को निर्णयपछि सार्वजनिक गरिएको हो। प्रतिवेदनअनुसार एनसेल स्थापनादेखि हालसम्म १४ पटक सेयर तथा स्वामित्व खरिदबिक्री भएको छ। अधिकांश कारोबार नेपालबाहिर अफसोर संरचनामार्फत भएको र सम्बन्धित विवरण आधिकारिक निकायमा पूर्ण रूपमा पेश नभएको समितिको निष्कर्ष छ।

