मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। साथै नेपाल विशेष सेवा ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र मतदाता नामावली ऐन संशोधनसम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति दिइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा डिल्लिराज आचार्यलाई अध्यक्ष र अन्य सदस्यहरूलाई मनोनयन गर्ने निर्णय पनि गरिएको छ।

