प्राविधिक काम पूरा नभएकाले भोलि संघीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ संसद् भवनबाट प्रस्तुत नहुने भएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ हल प्रयोग गर्न चुनौतीपूर्ण देखिएपछि बजेट हाल प्रतिनिधिसभा बैठक चलिरहेको कामचलाउ हलबाटै वाचन गरिनेछ। पुतली बगैंचास्थित नयाँ संसद् भवन समयमै निर्माण सम्पन्न हुन सकेको छैन।


