प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा ८ लाख ९० हजार ७८६ मत थ्रेसहोल्ड नकटाउने दलका कारण खेर गएको छ। कुल १ करोड ८ लाखभन्दा बढी मत खसेकोमा तीन प्रतिशत कटाउने दल मात्र विजयी भए। राष्ट्रिय स्वतन्त्र पार्टी ले सबैभन्दा धेरै ५१ लाखभन्दा बढी मत पायो भने त्रिमुल नेपाल पार्टी ले मात्र ६९४ मत ल्याउँदै सबैभन्दा कम मत पाएको छ।

