बंगलादेशले टी–२० विश्वकपका खेल श्रीलंकामा सार्न आइसीसीसमक्ष प्रस्ताव गरेको छ। बीसीसीआईले आईपीएल टोली कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न भनेपछि बंगलादेशले आफ्नो खेल श्रीलंकामा सार्न प्रस्ताव गरेको हो। भारत–बंगलादेश राजनीतिक तनावको प्रभाव क्रिकेटमा देखिएको हो।


