नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच ललितपुरको च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको छ। करिब २५ मिनेटको भेटमा समसामयिक राजनीति र राष्ट्रिय सभा निर्वाचनबारे छलफल भए पनि प्रतिनिधिसभा चुनाव वा सहकार्यमा कुनै ठोस सहमति भएको छैन।

