नेपाली कांग्रेसले भोटेकोसी बाढीपछिको प्रतिकूल परिस्थितिका कारण १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। वडा अधिवेशन असोज ३ र ४, पालिका अधिवेशन असोज ७ तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछन्। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म यथावत् राखिएको छ।


