परराष्ट्रमन्त्री शिशिर खनालले १८१६ को सुगौली सन्धि र १९५० को नेपाल–भारत मैत्री सन्धिका औपचारिक मूल दस्ताबेज नेपाल सरकारसँग भए/नभएको यकिन नभएको बताएका छन्। प्रतिनिधिसभामा सांसद निश्कल राईको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय अभिलेखालयमा सम्बन्धित केही दस्ताबेज रहेको जानकारी भए पनि ती औपचारिक सन्धिका मूल प्रति हुन् कि होइनन् भन्ने पुष्टि नभएको बताए।


