नेप्से परिसूचक मंगलबार २४.६३ अंक घटेर २६०८ बिन्दुमा पुगेको छ, जुन पछिल्लो ६ महिनाकै न्यून स्तर हो। लगातार सातौँ कारोबार दिन बजार ओरालो लाग्दा सबै समूहका सूचक घटेका छन्। कारोबार रकम भने बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। ३५ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको सेयर मूल्य घटेको छ।

