नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिइएको आरोप लगाएका छन्। देश बर्बाद हुँदा खेलकुदसहित कुनै पनि क्षेत्र अघि बढ्न नसक्ने उनले बताए। सबै नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको उल्लेख गर्दै शान्तिपूर्ण, न्यायपूर्ण र भयमुक्त नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।


