परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतकी मन्त्री सीमा मल्होत्रा बीच भेटवार्ता भएको छ। मन्त्री खनालले पूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या छिटो समाधान गर्न आग्रह गरेका थिए। बेलायत सरकार यस विषयमा सकारात्मक रहेको मल्होत्राले बताइन्। भेटमा लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु र डिजिटल प्रविधिमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो।

