अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि एमालेले पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालको उपचार खर्चबापत राज्यकोषबाट खर्च भएको झन्डै ३ करोड ८६ लाख रुपैयाँ फिर्ता गरेको छ । राष्ट्र बैंकमा रकम जम्मा गरिएको स्रोतले जनाएको छ । गैरकानुनी रूपमा उपचार खर्च भुक्तानी गरिएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको थियो ।

