सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो। जेनजी आन्दोलनको घटनासम्बन्धी अनुसन्धान सिफारिसका आधारमा लेखक पक्राउ परेका थिए। सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ परेका छन्।

