नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने संकेतसहित तयार पारिएको कार्यदलको ६५ पृष्ठको प्रतिवेदन पुनर्लेखन हुने भएको छ। रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले पार्टी पुनर्गठनसँगै नेतृत्व पुनर्गठनको सिफारिस गरेको थियो। प्रतिवेदनमा विशेष महाधिवेशनको सम्भावनासमेत उल्लेख गर्दै पार्टी पुनर्गठनमा नेतृत्व परिवर्तनको विषय उठाइएको थियो। ओलीले असन्तुष्टि जनाउँदै प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिएका छन्।


