प्रतिनिधिसभा पुनर्स्थापनाका लागि नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत निवर्तमान सांसदले हस्ताक्षर गरेका छन्। २७५ सदस्यीय सभामा १३८ सांसद बहुमत हुनेमा एमालेका ७५ र कांग्रेसका ६६ सांसदको समर्थन जुटेको छ। एमालेले हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले रिटमा पक्ष कायम गर्न थप हस्ताक्षर बुझाउने तयारी गरेको छ।

