नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले समयतालिका सार्वजनिक गरेका हुन्। आज साँझ ९ बजे मतदान हुनेछ। मतदाता नामावली, दाबी–विरोध र उम्मेदवारको अन्तिम सूची क्रमशः प्रकाशन गरिनेछ। नयाँ निर्वाचन समितिले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।


