नेपाल सरकारले राष्ट्रिय परिचयपत्र (एनआईडी) का आधारमा पनि नेपाली नागरिकलाई भारत प्रवेश गर्न अनुमति दिन भारतसँग औपचारिक अनुरोध गरेको छ। अध्यागमन विभागका अनुसार गृह मन्त्रालयमार्फत परराष्ट्र हुँदै दुई साताअघि प्रस्ताव पठाइएको हो। भारतले स्वीकृति दिए नेपालीले नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक कागजातका आधारमा भारत आउजाउ गर्न सक्नेछन्।


