नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब १९ अर्ब रुपैयाँ लागतमा जापानको जाइका र नेपाल सरकारको संयुक्त लगानीमा बनेको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ। २०७६ मा सुरु भएको आयोजना जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले निर्माण गरेको हो।


