रास्वपाका सांसद राजुनाथ पाण्डेले वागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै विवाद वा दुर्व्यवहार नभएको बताएका छन्। उनले माकलवारी क्षेत्रको वर्षौँदेखिको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय मात्र गरेको स्पष्ट पार्दै सडक विस्तार स्थानीयको दीर्घकालीन मागअनुसार अघि बढाइएको बताए।


