फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप हिस्सेदारी बिक्री प्रस्ताव फिर्ता लिए पनि विवाद साम्य भएको छैन। युरोप, कन्काकाफ र एसियाली फुटबल महासंघका केही सदस्यहरूले उनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पदबाट हटाउन दबाब बढाएका छन्। विश्व फुटबलमा नेतृत्व संकट गहिरिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

