नेपाली कांग्रेसको संसदीय दल नेता चयनका लागि वैशाख ४ गते निर्वाचन हुने भएको छ। निर्वाचन समितिले वैशाख २ गते कार्यतालिका सार्वजनिक गर्नेछ। सहमति नभए प्रतिस्पर्धाबाट नेता चयन गरिनेछ। प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन्। अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत नेताहरू आकांक्षीका रूपमा देखिएका छन्। निर्वाचन प्रक्रियाको तयारी तीव्र बनाइएको पार्टीले जनाएको छ।
