राष्ट्रिय मानव अधिकार आयोगले मध्यपूर्वमा बढ्दो युद्ध परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा पहल गर्न सरकारलाई आग्रह गरेको छ। प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा तथ्याङ्क सङ्कलन, जोखिम मूल्याङ्कन र आवश्यक परे स्वदेश फर्काउने व्यवस्था गर्न भनिएको छ। कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघसँग समन्वय गर्न पनि आयोगले सुझाव दिएको छ।
