प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा बसेको बैठकले उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध घोषणा गरेको हो। विपक्षी दलहरूको समर्थन पाएका खड्काले आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्न प्रतिबद्धता जनाएका छन्। ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गर्दै प्रभावकारी काम गर्ने उनले बताएका छन्।

