सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्था तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानूनमन्त्री सोभिता गौतमले इन्धन खपत घटाउन, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, कर्मचारीको कार्य–जीवन सन्तुलन मिलाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यो व्यवस्था प्रभावकारी देखिएको बताइन्। प्राप्त सुझावलाई भने सरकारले अध्ययन गर्ने उनले स्पष्ट पारिन्।


