निर्वाचन आयोगले विदेशमा तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदातालाई मतदानमा सहभागी गराउने विषयमा विज्ञसँग छलफल थालेको छ। आयोगले हुलाक मतदान, प्रतिनिधिमार्फत मतदान, ईभीएम–भीभीपीएटी, इन्टरनेट मतदान र सूचना प्रविधि–सहयोगी हुलाक मतदानका विकल्पबारे परामर्श गरेको हो। छलफलमा मतदाता पहिचान, एक व्यक्ति–एक मत, गोपनीयता, साइबर सुरक्षा, लागत, मतदाता शिक्षा, परीक्षण र चरणबद्ध कार्यान्वयनबारे सुझाव लिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
