नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको आधाभन्दा बढी जित भइसकेको दाबी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गर्दै गगन थापा समूहले आधिकारिकता रोक्न दबाब दिइरहेको आरोप लगाए। देउवाले थापालाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको दाबी गर्दै अचानक बोलाइएको अधिवेशन आफूहरूलाई स्वीकार्य नहुने बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

