भोटेकोशी बाढीपछि पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने सरकारी आकलन छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार पूर्वाधार पुनरुत्थानमा मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ लाग्नेछ। ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब र यातायातमा ७३ अर्बभन्दा बढी आवश्यक पर्ने अनुमान छ।

