पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोपछि अवरुद्ध सडक सञ्चालनको तयारीस्वरूप डाँडामाथि खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। करिब ३५० मिटर लामो ट्र्याक निर्माण सामग्री, इन्धन र कामदार ओसारपसारका लागि प्रयोग भइरहेको छ। सडक सञ्चालनका लागि स्लोप तथा भित्ता कटिङ, ग्राभेलिङ र ग्रेडिङलगायत काम बाँकी छन्। भदौ मसान्तसम्म सर्वसाधारणका सवारी चलाउने लक्ष्यसहित दुई थप एक्साभेटरसहित भारी उपकरण परिचालन गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

