पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। नेकपा, कांग्रेस र रास्वपाका नेताहरूको आग्रहपछि उनले यो निर्णय गरेका हुन्। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका भट्टराईले कसलाई समर्थन गर्ने खुलाएका छैनन्।

