निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई बिहीबार बिहान ११ बजे प्रमाणपत्र वितरण गर्ने भएको छ। ११० सांसद चयन भइसकेका छन्। त्यसपछि आयोगले निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउनेछ। साँझ पत्रकार सम्मेलनमार्फत सम्पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरिएको छ।

