नेपाली कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्नेछ। एजेन्डा सार्वजनिक नभए पनि फागुन २१ को निर्वाचनको समीक्षा गर्ने तयारी रहेको नेताहरूले बताएका छन्। यसअघि कार्यसम्पादन समितिले समानुपातिक सांसद छनोट गरेको थियो।

