दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल र कोरियाली समकक्षी चो ह्युनबीचको भेटमा खोज, उद्धार, राहत तथा बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल भएको हो। कोरियाले विपद्पछिको पुनर्निर्माणमा पूर्ण सहयोग गर्ने र जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षतिका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा आवाज उठाउने जनाएको छ।

