पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले हाल नेपालभर मौसम बदली भएको छ। मधेसदेखि सुदूरपश्चिमसम्मका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ। आज दिउँसो धेरै स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ। राति केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

